नियम
रिक्त पदको पूर्ति –
(१) सेवा तथा समूहका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणी विहिन पदहरु शुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।
७. नियुक्तिको लागि योग्यता – सम्बन्धित समूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची–३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।
८. सरुवाको व्यवस्था – समूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद ६ को अधीनमा
रही समूह भित्रको पदमा मात्र सरुवा गरिनेछ ।
९. शेैक्षिक योग्यता सम्बन्धी व्यवस्था – कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त राजपत्राङ्कित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनङ्कित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि
निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
तर यी नियमहरु प्रारम्भ हु“दाको बखत कुनै समूहमा बहाल रहेका कर्मचारीको हकमा
निजले त्यस्तो समूहमा प्रवेश गर्दा तत्काल प्रचलित कानून बमोजिम तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
१०. सेवा, समूह सञ्चालन सम्बन्धी व्यवस्था – नीतिगत कुराहरुमा सामान्य प्रशासन मन्त्रालयसँग  समन्वय राखी सेवा, समूहहरुको सञ्चालन र प्रशासन वन तथा भू–संरक्षण मन्त्रालयले गर्नेछ ।
११. अनुसूचीमा हेरफेर वा थपघट – नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।